काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ८२ पैसा र बिक्री दर १४० रुपैयाँ ४५ पैसा रहेको छ।यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ १० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Ad Pro Media Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer