
काठमाडौं । नेपाल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छन्। बैंक सञ्चालक समितिको गत आइतबारको निर्णयअनुसार असोज १५ गतेदेखि लागू हुने गरी नायव सीईओ पन्तलाई कामु सीईओ नियुक्त गरिएको हो। कम्पनी सचिव केशवप्रसाद भण्डारीका अनुसार बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते सकिएपछि पन्तलाई कामु सीईओ नियुक्त गरिएको हो। पन्तले विभिन्न जिम्मेवारीमा रही २ दशक बढीको बैंकिङ अनुभव संगालेकी छिन् । उनले एमबीएससम्मको अध्ययन गरेकी छन्।