एमालेले अध्यक्ष ओलीको प्रतिवेदनमाथि नौ समूहमा छलफल हुने

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु नौ समूहमा विभाजन भएर छलफल हुने भएको छ ।

पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पहिलो दिनको बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन पेश गरेको र त्यसमा समूह विभाजनमार्फत शनिबारको बैठकमा छलफल हुने जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको