रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले आथिर्क वर्ष २०७७/७८ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट भद्रा ८ गते स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो ।
त्यस अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको छ ।
कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
रिलायवल सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ५० रुपैयाँ देखि ७५ रुपैयाँ सम्म पाउनेछन् । सबै अवधिका रिलायवल लघु सवाधिक जीवन बीमालेखमा ३० रूपैयाँ बोनस पाउनेछन् ।
रिलायवल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) सबै अवधिहरुमा प्रतिहजार २५ रुपैयाँ निरर्धारण गरिएको छ ।
रिलायवल सुलभ जीवन बीमालेखमा २४ रुपैयाँ देखि ४० रुपैयाँसम्म, रिलायवल उच्चशिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा न्युनतम ६० रुपैयाँ देखि ६५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ देखि ५० रूपैयाँसम्म बोनस दर कायम गरिएको छ ।
यस्तै रिलायबल सम्मुन्नती जीवन बीमा योजनाका सबै बीमा अवधिहरूमा २० रूपैयाँ, रिलायवल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० रुपैयाँ देखि ५५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।
उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ ।