बीमा समितिले लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको छ । समितिले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरे अनुसार लघुबीमा कम्पनी स्थापनाको लागि आह्वान गरेको हो ।
समितिले ३ जीवन बीमा र ४ निर्जीवन बीमा गरी ७ लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको छ । सूचना प्रकाशित भएको ३५ दिनको १२ बजेभित्र समितिको नाममा शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
प्रस्तावित लघुबीमा कम्पनीको चुक्ता पूँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँ हुने पर्ने उल्लेख छ ।
यस्तै प्रस्तावत संस्थापकहरुले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीहहरुमा हुन नहुने पनि व्यवस्था गरेको छ ।