लक्ष्मी उन्नति कोष र इक्विटी फन्डले गरे बुक क्लोज मिति

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको प्रतिफल वितरणार्थ बुक कलोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटले लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको प्रतिफल वितरणार्थ यही भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ ६ गतेसम्म कायम इकाइधनीहरुमात्रै यी दुवै योजनाको प्रतिफल पाउन योग्य हुनेछन्।

यी दुवै योजनाका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको