सानिमा बैंकले ल्यायाे हरितालिका तीजको कोसेली योजना

सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोशेली योजना सार्वजनिक गरेको छ।

उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकलाई डेबिट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सीम कार्ड, यूएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ। यसका साथै ग्राहकले लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सक्नेछन्।

यसैगरी ग्राहकले पहिलो पीओएस कारोबारमा १०% वा अधिकतम रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेनन्। यो योजना भदौ १ देखि भदौ १५ गतेसम्म लागू हुनेछ। यसका साथै क्यासब्याक योजना भदौ मसान्तसम्म लागू हुनेछ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको