दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि म्युचुअल फन्डअन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

दुवै फन्डले आर्थिक वर्ष २०७८–७९का लागि योजनाको इकाइधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ। योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात साउन ३१ गते बुक क्लोज गरिँदैछ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्र लाभांशका लागि हकदार हुनेछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको