विजय लघुवित्तको नाफा घट्यो, रिजर्भमा भने बढोत्तरी

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १६.२४ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १७ प्रतिशतले घटेर १५ करोड ८१ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १९ करोड ५ लाख रुपैयाँ भएको थियो।

गत वर्ष संस्थाले ३४ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३८ करोड ९ लाख रुपैयाँ भएको थियो। खुद ब्याज आम्दानी १०.३५ प्रतिशतले घटेको छ।

समीक्षा वर्षमा संस्थाले ३ अर्ब ८ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ९० करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ८४.३५ प्रतिशतले बढेर २२ करोड ८८ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १२ करोड ४१ लाख रुपैयाँ थियो।

संस्थाको एनपीएल घटेर ४.०८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ४.६६ प्रतिशत थियो।

चुक्तापुँजी ३२ करोड रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३२.७२ रुपैयाँ, पीई रेसियो २८.७२ गुणा र प्रतिसेयर नेटवर्थ १७०.१६ रुपैयाँ रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको