
जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ३८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ३ करोड ११ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ४ करोड ३० लाख पुगेको हो ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ६७ प्रतिशत र सञ्चालन नाफा ३२ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीको चुक्तापूँजी रू. ६९ करोड ४ लाख रहेको छ भने जगेडामा रू. २० करोड ५१ लाख र रिटेण्ड अर्निङमा रू. ४ करोड ७९ लाख सञ्चित गरेको छ । कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव २८ रहेकोमा गत आवमा बढेर रू. ८ दशमलव ३२ पुगेको हो ।
त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ४४ दशमलव ७१ प्रतिशत, तरलता अनुपात २३ दशमलव २२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ६४ रहेको छ ।