नेप्से परिसूचक १५.४९ अंकले बढ्यो, कारोबार रकम झन्डै ५ अर्ब

सेयर बजार बिहीबार पनि उकालो लागेको छ।

आज बजार १५.४९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१२७.४७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७० अंकले बढेर ४०५.६२ को विन्दुमा पुगेको छ। कारोबार रकम झन्डै ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।  आज वित्त समूह सर्वाधिक ३.२७ प्रतिशतले उकालो लागेको छ। लगानी समूह २.९३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०९ प्रतिशत, व्यापार समूहमा ०.२३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.१३ प्रतिशत, विकास बैंक समूहमा २.२२ प्रतिशत, जलविद्युत समूहमा १.१९ प्रतिशत, लघुवित्त समूहमा १.४६ प्रतिशत, जीवन बीमा समूहमा ०.१५ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.४६ प्रतिशतको बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.५२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.२ प्रतिशतले घट्दा निर्जीवन बीमा समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।

आज अरुण काबेली पावरको सर्वाधिक १७ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपर तामाकोशीको १४ करोड १७ लाख रुपैयाँ, अपी पावरको १३ करोड ४८ लाख रुपैयाँ, नागरिक लगानी कोषको १३ करोड १७ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १० करोड ४६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड १ लाख रुपैयाँ, युनिभर्सल पावरको ८ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज विन्ध्यावासिनी जलविद्युत कम्पनीको सेयरमूल्यमा १० प्रतिशत तथा राष्ट्र उत्थान लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पाटर्नरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

त्यस्तै राधी विद्युत, बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्स कम्पनीहरुको सेयरभाउमा ४ प्रतिशत हाराहारी गिरावट आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको