राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।
कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। नतिजा अनुसार ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीएसम्म ल्याएका छन् । गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।
एसईई परिक्षा दिएकामध्ये ४१ हजार ६२७ जना विद्यार्थीहरुले ३.२० देखि ३.६०, ६९ हजार ९०० विद्यालर्थीहरुले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जना विद्यार्थीहरुले २.४ देखि २.८० जीपीए ल्याएका छन् ।
यसैगरी, २ देखि २.४ जीपीए ल्याउने एक लाख १२ हजार ७३३ जना छन् । १.६ देखि २ जीपीए ल्याउने एक लाख ५९४ जना छन् भने १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ । २०७८ को एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।
एसईईको नतिजा हेर्नकालागि राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइट क्लिक तथा आईभीआर र एसमएमएस गर्न सकिनेछ। यस्तै खल्तीले पनि नतिजा हेर्ने व्यवस्था गरेकाे छ ।