
झापामा तीन जना किशोरीहरू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । केचनाकवल गाउँपालिका-५ मा आइतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन्।
कचनकवल गाउँपालिका-५ को बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र बीरवल गणेशकी १६ वर्षीया छोरी कल्पनाको शव फेला परेको हो ।
हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिए।ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन्। दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको कचनकवल गाउँपालिकाले जनाएकाे छ।
प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि कारण भने खुलेको छैन ।