प्रभु बैंकको नाफामा ५१.१० प्रतिशतले बृद्धि, प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा

प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब ६० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५१.११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २ करोड ३३ लाख रुपैयाँबाट बढेर ६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ६० करोड ३२ लाख ७६ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

१२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
१ खर्ब ७८ करोड ६५ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट घटेर १.२० प्रतिशत रहेको छ । त्यस्तै प्रतिसेयर आम्दानी (ईपीएस) १५.१७ रुपैयाँबाट बढेर २०.४६ रुपैयाँ पुगेको छ। ईपीएसमा ३४.८७ प्रतिशतको बढोत्तरी भएको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०.१२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ रहेको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको