सिभिल बैंकको दोब्बर, तेब्बर भुक्तानी दिने मुद्दती योजना सार्वजनिक

सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु ‘दोब्बर प्लस र तेब्बर प्लस’ योजना ल्याएको छ ।

यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दा दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यो मुद्दति योजनामा पहिलो पटक दश लाख रुपैयाँसम्मको जीवन बीमा र दश लाख रुपैयाँसम्मको दुर्घटना बीमा पाइने उल्लेख छ। बैंकले रिलायन्स र अजोड इन्स्योरेन्सको सहकार्यमा योजना ल्याएको हो।

योजना अनुसार ६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट दिने बैंकले जनाएको छ।

बैंकले वचतमा ८.०३ प्रतिशत सम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशत सम्मको ब्याजदर दिने बैंकले जनाएको छ।

बैंकले ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम मार्फत सेवा  प्रदान गर्दै आएको छ ।। साथै बैंकले गत आषाढ मसान्त सम्म ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको