देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३ सय ४१ जनाको पीसीआर र २ हजार ३ सय १० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४५७ जनामा संक्रमण भएको हो । यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ७ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।