आदर्श लुघवित्तको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?
आदर्श लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार नेप्सेमा सूचीकृत भएको छ । आदर्शको चुक्ता पुँजीका आधारमा कायम २ लाख ७ हजार कित्ता सेयर सूचीकृत भएको हो । अब मंगलबार (साउन ३ गते) बाट यस लघुवित्तको सेयर कारोबार खुला हुनेछ । नेप्सेले आदर्शको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसाभित्र रहेर हुनेछ । ‘एडीएलबी’ संकेतमा यसको सेयर कारोबार खुला हुनेछ ।
आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ५% अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी ६२ हजार ६१५ कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो ।
यसमा कुल ६ हजार २६१ जना सर्वसाधारणले सेयर पाएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको