हिमालयनले ८१ प्रतिशत स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जको प्रारम्भिक समझदारीमा हस्ताक्षर भएको छ ।

दुवै बैंकका सञ्चालक, मर्जर कमिटीका संयोजक तथा सदस्य र उच्च व्यवस्थापनका निश्चित अधिकारीहरु मात्र सहभागी भई यी दुई बैंकले मर्जरको समझदारीमा हस्ताक्षर गरेका हुन् । हिमालयनले ८१ प्रतिशत स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति भएको हो ।

याक एण्ड यति होटलमा दुई बैंकबीच मर्जरको समझदारी भएको हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिए । समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार मर्जरपछि बन्ने बैंकको नाम हिमालयन बैंक रहनेछ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा नै रहनेछन् । उनीपछि दोश्रो बरियतामा भने सिभिल बैंकका सीइओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीइओ बन्नेछन् ।

यस्तै, मर्जरपछि बन्ने हिमालयन बैंकको सञ्चालक समितिमा सिभिलबाट कुनै प्रतिनिधित्व हुनेछैन ।

यसैगरी, सिभिलका कर्मचारीहरुलाई समेत सम्मानजनक ढंगले समायोजन गर्ने सहमति भएको छ । यो सहमतिअनुसार सिभिलका उच्च तहका केही कर्मचारीबाहेक कसैले पनि घटुवा भएर जागिर खानुपर्ने अवस्था बन्नेछैन । आगामि आर्थिक वर्षदेखि मर्जरमा जाने बैंकले सुविधा नपाउने संकेत गभर्नरले गरेपछि बैंकहरुले चालु आर्थिक वर्षमानै मर्जरमा जाने सम्झौता गरेका हुन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको