हिमालयन र सिभिल बैंकको कुरा मिल्यो, बुधबार हस्ताक्षर हुने

हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति भएको छ । मंगलबार बेलुका हिमालयन बैंकमा जान नसकिने निष्कर्ष सिभिलका सञ्चालकले हिमालयनका सञ्चालकलाई दिएका थिए ।

मध्यरातमा भएको सहमति अनुसार हिमालयन बैंकमा सिभिल बैंक गाभिने छ । जसमा स्वाप अनुपात १००: ८१ हुने छ । सिभिल बैंकमा १०० कित्ता सेयर हुनेको एक्विजेशन भएपछि ८१ कित्ता सेयर हुने छ ।

एक्विजेशन पछि बन्ने संस्थाको नाम हिमालयन बैंक हुने तथा सञ्चालक समिति हिमालयन बैंकको नै हुने छ । एकीकृत कारोबारपछि हुने साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्ने छ ।

मर्जरका लागि भएको प्रारम्भिक सहमति नै अहिले कायम भएको छ। मर्ज पछि सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने छैनन्। प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउने छन्।

नयाँ बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत सिभिलका सुनिल पोखरेल हुने छन्। हिमालयनमा कोही पनि डेपुटी प्रमुख कार्यकारी अधिकृत नभएकाले उनीहरु अहिलेकै पदमा कायम हुने छन्। त्यस्तै कर्मचारीहरुको समायोजन दुवै बैंकबीच बराबरीको हैसियतमा हुने पनि सहमति बनेको छ।

१० बजे राती बल्ल कुरा मिल्यो,बुधबार हस्ताक्षर गर्ने कार्यक्रम छ,’सिभिल बैंक स्रोतले भन्यो । सिभिलका सीइओ पोखरेललाई डेपुटी सीइओ बनाउने तथा स्वाप रेसियोमा हिमालयन बैंक पछाडि फर्केपछि एक्विजेशनको कुरा मिलेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको