औद्योगिक प्रयोजनका लागि लागत मूल्यमै ग्यास बिक्री गर्न सरकारलाई सिफारिस गरिएको छ। खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले यस्तो सिफारिस गरेको हो।
हाल नेपाल आय निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यास प्रतिसिलन्डर २ हजार ३७१.७८ रुपैयाँमा खरिद गर्दै आएको छ। निगमले सहुलियत दिएर प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँमा बिक्री गर्दै आएको छ।
उपसमितिले गरेको सिफारिस कार्यान्वयनमा आउने हो भने होटल-रेष्टुरेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग गर्न उद्योगी व्यापारीले प्रति सिलिण्डर २३ सय ७१ रूपैयाँ ७८ पैसा तिर्नुपर्ने हुन्छ।
अहिले सबै घरायसी र औद्योगिक दुवै प्रयोजना एकै मूल्य कायम गर्दा निगमले प्रति सिलिण्डर पाँच सय ७१ रूपैयाँ ७८ पैसा घाटा बेहोर्दै आएको छ। निगमको पेट्रोलियम पदार्थको कुल घाटामध्ये ५० प्रतिशतभन्दा बढी खाना पकाउने एलपी ग्यासको ओगटेको निगमले बताउँदै आएको छ।
उपसमितिले दुई थरी मूल्य गर्दा ग्यासको सिलिन्डरको रङ र साइज परिवर्तन गरी घरायसी प्रयोजनका रातो (हालकै साइजमा) र औद्योगिक प्रयोजनका लगि निलो रङ (१९ र ५० तौलको सिलिन्डर) सिफारिस गरेको छ। उनकाअनुसार पहिलो विकल्पमा उद्योगीलाई स्वस्फुर्त रूपमा औद्योगिक प्रयोजनका लागि लागत मूल्यमै बेच्न आह्वान गर्ने। दोस्रो, यदि त्यो मान्दैनन् भने अहिले जति ग्यास बेचेका छन् त्यसमध्ये १५ प्रतिशत सिलिण्डर औद्योगिक प्रयोजना बेच्न लगाउने रहेको छ।