जापानी पूर्वप्रधानमन्त्री आबेको आज अन्त्येष्टि गरिंदै

जापानी  पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज (मंगलबार) बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने भएकाे छ ।

राजधानी टोकियोस्थित जोजोजी मन्दिरमा राखिएको आबेको पार्थिव शरिरमा अहिले जापानीहरूले अन्तिम सम्मान व्यक्त गरिरहेका छन् । गुम्बामा र टोकियो शहरका विभिन्न स्थानमा आधा झुकाईएका झण्डाहरू फहराइएको छ ।

आबेको अन्त्येष्टि परिवारका केही सदस्यहरूको उपस्थितिमा गरिनेछ। संसद भवन हुँदै शवयात्रा गरिने भएकाले शवयात्राको रूटमा हजारौं सर्वसाधारण हातमा फूलको थुंगा लिएर उभिएका छन् ।

गत शुक्रबार पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या गरिएकाे थियाे । उनको छाती र घाँटीमा गोली लागेको थियो। आबेमाथि पछाडिबाट गोली हानिएको थियो। गोली लागेका आबे त्यही ढलेर बेहोस भएका थिए।

आबेमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ। ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले हिरासतमा राखेको छ। यामागामी नारा सहरकै बासिन्दा भएको खुलेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको