जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ ।

६७ वर्षीय आबेमाथि शुक्रबार बिहान पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा गोली प्रहार भएको थियो। उनी आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका थिए।

उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको