कामना सेवा विकास बैंकको ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक

कामना सेवा विकास बैंक(KSBBL)ले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल (KS Digi World) सार्वजनिक गरेको छ । बैंकले आषाढ २२ गते मङ्गलबारका दिन केएस डिजी वर्ल्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको हाे ।

यो सेवा लागू भएपछि बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फतमा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

“केइस डिजी वर्ल्ड”मा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् । साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको