मंसिर २ गते चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ।

बुधबार बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा संघीय/प्रदेश सभा सदस्य निर्वाचन गर्न प्रस्ताव गरेका हुन्।

आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदास बैरागीसँग छलफल गरेका हुन्।प्रधानमन्त्री देउवाले  सरकारले छिट्टै निर्वाचनको मिति तय गर्ने बताएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको