हिमालयन बैंकले ८१ प्रतिशत स्वाप रेशियोमा सिभिललाई गाभ्ने सहमति भएको छ।
हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडिएपछि सिभिल बैंकसँग विभिन्न चरणमा कुरा भई रहको थियो । स्वाप रेशियोमा दुई बैंकबीच कुरा नमिल्दा सहमति हुन सकेको थिएन। तर मंगलबार दुई बैंकका सञ्चालकबीच ८१ प्रतिशत स्वापमा गाभ्नेगरी सहमति भएकाे छ।
दुबै संस्थाबीच औपचारिक रुपमा भने मर्जर तथा एक्वीजिसनको सम्झौता भएको छैन। यही साताभित्र औपचारीक रुपमा मर्जर तथा एक्वीजिसनसम्बन्धि सम्झौता गर्ने तयारी रहेको बैंक स्रोतको भनाई छ।
मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकलाई जसरी पनि मर्जरमा जानुपर्ने बाध्यता छ। केन्द्रिय बैंकका गभर्नरले असारपछि मर्जरमा सहुलियत नदिने संकेत गरेपछि पनि बैंकले असारभित्रै नयाँ जोडि खोजेर मर्जरमा जानेगरी तयारी गरिरहेको थियो। यसैबीच सिभिल बैंकलाई गाभ्नको लागि सञ्चालकहरुबीच सहमति भएको छ।
प्रारम्भिक सहमति अनुसार नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने छ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका हालका सिइओ रहने छन्।