रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ जसमा ५ पुरुष र ४ महिलाको मृत्यु भएको हो भने २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घाइते २१ जनालाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
खाँदादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।