सेयरबजारमा उत्साह थपिदै, नेप्से परिसूचक ७४.९३ अंकले उकालो

धितोपत्र कारोबारको पाँचौँ दिन बिहीबार सेयर बजारमा उछाल आएको छ। बजार आज ७४.९३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०३७.६४ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.६३ अंकले बढेर ३९१.७८ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेप्से उच्च अंकले बढेसँगै  ६ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सूर्योदय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसै कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, रिलायन्स फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन बरुण हाइड्रोपावर, गुराँस लघुवित्तको शेयरमूल्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको करिब ६ करोडको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३१ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ।

त्यसै उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको