नबिलमा एनबी बैंक गाभ्न राष्ट्र बैंकको अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्न अन्तिम स्वीकृति प्रदान गरेको छ। नेपाल राष्ट्र बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले एनबी बैंकलाई गाभ्नको लागि नबिल बैंकलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबारको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा अनुमति लिनुपर्छ ।

नबिल बैंकले एनबी बैंकलाई १००: ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । यो भनेको एनबी बैंकको १०० कित्ता बराबरको सेयर नबिलमा गाभिएपछि ४३ कित्ता हुने छ ।

नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृतमा एनबीका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना हुनेछन् । सञ्चालक समिति नबिलको हुने छ । नबिलले एनबीलाई गाभेपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

निक्षेप २ खर्ब २१ अर्ब हुने छ । यस्तै कर्जा ३ खर्ब ७ अर्ब हुने छ । नबिल बैंकको शाखा १३५ वटा शाखा, एटिएम १८५ रहेका छन् भने नेपाल बंगलादेश बैंकको शाखा ९९ र एक्सटेन्सन काउन्टर ८ वटा तथा एटिएम ८१ वटा रहेका छन् । प्राप्तिपछि कुल शाखाको संख्या २३४ वटा पुग्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको