नेपाल एसबिआई बैंकले असार २२ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

नेपाल एसबीआई बैंकले यही असार २२ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने भएको छ।

बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नेपाल एसबीआई ऋणपत्र–२०८३’ निष्कासन गर्न लागेको हो। यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। यसमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन।

सो ऋणपत्र खरिदका लागि छिटोमा असार २६ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन ४ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको