एनआइसीको एपबाट जहाजको टिकट काट्दा २०% क्यासब्याक

एनआइसी एशिया बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनका लागि मोबाइल बैंकिङ एपमार्फत हवाई टिकट काट्दा २० प्रतिशतसम्म क्यासब्याक दिने भएको छ।

बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआईसी एशिया मोबैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन्।

डिजिटल बैंकिङको अवधारणाअनुरुप एनआईसी एशिया मोबैंकमार्फत टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एवं दोस्रोपटकबाट रु. १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दति निक्षेप खोल्ने, बैंकका शाखा तथा एटीएमको जानकारी, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, आईपीओ आवेदनलगायतका सुविधा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा उपभोग गर्न सक्नेछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको