कुमारी बैंक र साउदी अरेबियाको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता

कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अलबिलादसँग सहकार्य गरेको छ।

यो सहकार्यपछि बैंकको एन्जाज एप, एन्जाज सेन्टर,अलबिलादका विद्युतीय प्रणाली, अलबिलाद एटिएम, एन्जाज प्वाइन्ट अफ सेल डिभाइस र एन्जाज सेल्फ–सर्भिस मेसिनमार्फतबाट रेमिटेन्स पठाउन सकिनेछ।

सो रेमिटेन्स कुमारी रेमिटको नेपाल भर रहेका १६ हजार भन्दा बढी भुक्तानी केन्द्रमार्फत प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र बैंक अलबिलादका एफआई प्रमुख मोहम्मद अल फुरैहले हस्ताक्षर गरे। कार्यक्रममा सिइओ खनालले दुई बैंकको साझेदारीले साउदी अरेबियामा रहेका नेपालीले रेमिटेन्स पठाउन सहज हुने बताए।

यो सम्झौतापश्चात नेपाल र साउदी अरेबियाका दुई बैंकबीचको साझेदारीले बैंकिङ प्रणालीमार्फत विप्रेषण रकम ल्याउने र नेपालमा साउदीको लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास कुमारी बैंकले लिएको छ। नेपालमा लगानीको अनुकूल वातावरण रहेको बताउँदै खनालले दुई बैंकको साझेदारीले नेपालमा विभिन्न क्षेत्रमा साउदीको लगानी प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए।

दुई बैंकबीचको यस साझेदारीले रेमिट्यान्स सेवालाई सहज बनाउने र औपचारिक बैंकिङ प्रणालीेमार्फत साउदीबाट आउने विप्रेषण रकम नेपालमा प्राप्त हुनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको