
असार १ गते देखि आमरण अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् ।
पूँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिकाे माग कार्यान्वयन गर्ने सम्झैता भएपछि अनसनरत काेइरालाले अनसन ताेडेका हुन् ।
अनशन तोड्नुअघि पुँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो। हस्ताक्षर सम्पन्न भएपछि कोइरालाले अनशन तोडेका हुन्। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन बसेको १० औं दिनमा आज शुक्रबार उनले अनसन तोडेका हुन् ।
कोइरालाले आन्दोलनमा साथ दिने सबै लगानीकर्ता, मिडियाकर्मी, स्वास्थ्यकर्मी, लगानीकर्ताका संघसंगठनका नेताहरुलाई धन्यवाद दिए। ‘अब पुँजीबजार सुधारका लागि हामीले फेरि अनशन बस्नुपर्दैन, आन्दोलन गर्नुपर्दैन’, उनले भने।
कोइरालाले अध्यक्ष हमालले पुँजीबजार सुधारका लागि काम गरिरहेको, गर्नुहुने र अझै गर्ने अपेक्षा रहेको पनि बताए।
लगानीकर्ता र सेबोनबीच भएको सहमतिपत्र