अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिकमा मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए ।

दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले लगायत सहभागी भएका छन् । कार्यक्रममा सहभागीहरुले योगाभ्यास गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको