
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा फेरि बढाएको छ।
इन्धनको मूल्य अनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्था अनुरूप यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी यात्रुवाहक सवारीसाधनको ५.३० प्रतिशत तथा मालबाहक यातायातमा ७.७ प्रतिशतसम्म भाडा बढाएको छ।
तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७.७ प्रतिशत तथा पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी ६.४९ प्रतिशत भाडा वृद्धि भएको छ। नेपाल आयल निगमले आइतबार राति पेट्रोल लिटरको २१ रुपैयाँ र डिजल २७ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि बढेको हो।
मूल्य बढेसँगै पेट्रोल १९९ रुपैयाँ लिटर र डिजल १९२ रुपैयाँ प्रतिलिटर पुगेको छ। बढेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई संचालन हुने राष्ट्रिय रुटमा लागु हुनेछ। स्थानीय रुटमा संचालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा बढ्ने वा घट्ने हुन्छ।
भाडादरको सूची तल हेर्न सकिन्छ ।