नबिल बैंकका ग्राहकले कतार एयरवेजको हवाई टिकट काट्दा १०% छुट

नबिल बैंकका ग्राहकहरुले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरुमा हवाई टिकट किन्दा १० प्रतिशत छुट पाउने भएका छन्। जसका लागि बैंकले कतार एयरवेजसँग सुविधा प्रदान गर्न सम्झौता गरेको छ। छुट असार १७ गतेदेखि लागु हुने बैंकले जनाएको छ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

साझेदारी अन्तर्गत बिजनेस र इकोनोमी हवाई टिकटमा १० प्रतिशत छुट लागु हुने बैंकले जनाएको छ। जसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई नबिल बैंकको कार्ड पेस गर्नुपर्ने बताइएको छ।

आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७  एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको