आन्दोलनरत लगानीकर्ताले गभर्नरलाई बुझाए १९ बुँदे ज्ञापन पत्र

नेपाल राष्ट्र बैंक बालुवाटार घेराउ गर्न पुगेका आन्दोलनरत लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीलाई १९ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

पुँजी बजार सुधार सघर्ष समितिले विगतको एमाले सरकारले साढे तीन वर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदाका बाँकी काम तत्काल पुरा गर्नु पर्नेलगायतका १९ बुँदे माग समावेश गरेर गभर्नरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गर्ने कार्यक्रम थियो।

गत जेठ २० गतेदेखि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलनरत छन्। यही क्रममा आज लगानीकर्ता नाराबाजी गर्दै बालुवाटारस्थित राष्ट्र बैंकतर्फ अगाडि बढिरहेका थिए। तर, उनीहरुलाई सुरक्षाकर्मीहरुले भाटभटेनीको पिपलबोटमा रोकेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको