
असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ ।
निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो ।
सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सजह नभएको भन्दै गुनासो गरेका छन् । काठमाडौं महानगरपालिका भित्रका नागरिकको लागि राष्ट्रिय सभागृहमा राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गरको छ । परिचयपत्र बनाउनको लागि सर्वसाधरणहरु बिहान ४ बजेदेखि लाइनमा बसे पनि बेलुका चार बजेसम्म पालो नआएको काठमाडौ महानगर वडा नम्बर २ का जगतमोहन श्रेष्ठले बताउनुभयो ।
उहाँले अनलाइन फर्म भरेर आएपछि फोटो खिच्ने काम भए पनि धेरै समय लागेको बताउनुभयो । श्रेष्ठले सरकारले नागरिकता र राष्ट्रिय परिचय पत्र एउटै काम गर्ने भए नागरिकता र परिचय पत्र दुबै काम नभएको भन्दै राष्ट्रिय परिचयपत्र खारेज गर्नु पर्ने बताउनुभयो ।
त्यस्तै, सर्वसाधारण हिमबहादुर बोहोराले जिल्ला प्रशासन कार्यलयले सभागृहमा पठाए पनि सभागृहमा आज काम नहुने भोलि मात्रै काम हुने भनेको बताउनुभयो । उहाँले आफ्नो छोरीको समेत राष्ट्रिय परिचय पत्र बनाउन लागेको बताउनुभयो । बोहोराले बिहानदेखि लाइन बसियो तर पालो आएपछि आज काम नहुने भनेर फर्किन लागेको बताउनुभयो ।
उहाँले छोरी विदेश पढ्न जानको लागि नागरिकताले मात्रै राहदानी नबन्ने भएकोले राष्ट्रिय परिचय पत्र बनाउन आएको जानकारी दिनुभयो । बोहोराले स्थानीय निकायको निर्वाचनमा सबै काम वडाबाट नै गछौं भन्ने तर अहिले सभागृह जानु भनेर निर्देशन दिनु राम्रो नभएको बताउनुभयो ।
साभारः इमेजखबर