एसिसी महिला टी-२० मा नेपालको विजयी सुरूवात

मलेसियामा आजदेखि सुरू एसिसी महिला टी २० च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले पहिलो खेलमा भुटानमाथि ५० रनको जित निकालेको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमै अलआउट भयो।

नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन बनाउन सकेनन् । भुटानकी छिरिङ्ग जाङ्मोले मात्र १६ रन बनाइन् ।

बलिङमा नेपालकी संगीता राईले ३ विकेट लिइन्। सीता मगर र कविता कुँवरले २-२ विकेट हात पारे। इन्दू बर्मा र अस्मिना कर्माचार्यले १-१ विकेट लिए।

‍त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ९४ रन जोड्यो। नेपालका लागि काजल श्रेष्ठले २६ रन, कप्तान रूबिना क्षेत्रीले  २१ रन र इन्दू बर्माले २० रनको योगदान गरे।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाइन् । चौथो क्रमकी ब्याटर ईन्दु बर्माले २० रन र छैटौं क्रममा आएकी बकप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् ।

भुटानका लागि सोनम पाल्दोनले सर्वाधिक ४ विकेट लिइन्। अञ्जु गुरुङ र तासी चेकीले समान १/१ विकेट लिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको