
माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘माछापुच्छ्रे स्मार्ट मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ। यस खाता अन्तर्गत ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।
न्यूनतम रु. ५० हजारमै खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकले यस खातामा साँवा रकमको ९०% सम्म ऋण ग्राहकलाई प्रदान गर्नेछ। इच्छुक ग्राहकले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा र २०५ एटीएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।