रवि लामिछाने आउँदो संघीय निर्वाचनमा उम्मेदवारी दिने

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने संघीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्नो आवाजलाई टेलिभिजनबाट संसद्‌मा पुर्‍याउन चाहेको भन्दै उनले आउँदो संघीय निर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

बिहीबार फेसबुकमार्फत भिडियो सन्देश जारी गरी सञ्चारकर्मी लामिछानेले आजैबाट आफू पूर्णकालीन राजनीतिमा आएको बताए । उनले आफ्नो राजनीतिक यात्राको औपचारिक घोषणा र योजनाहरु बारे असार ७ गते काठमाडौंस्थित सभागृहबाट सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।

‘सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाउँ लिन खोजिनँ, बरु आफ्नो अलग्गै ठाउँ बनाउने कोसिस गरें । उनले सञ्चारकर्म छाडेर पूर्णकालीन राजनीतिमा आउन लागेको समेत बताएका छन् ।

लामिछानेले सञ्चार क्षेत्रको आफ्नो यात्रालाई विश्राम दिएको बताए । ‘एउटा सञ्चारकर्मीका रुपमा मैले सकेको गरेँ, के गरेँ, कति गरेँ, तपाई दर्शकहरुसँग त्यसको हिसाब छ’ उनले भने, ‘…अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्‍याउन चाहन्छु ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको