विश्वकप फुटबल खेल्ने ३२ देशको टुङ्गो लाग्यो

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ ।

मंगलबार राति न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको हो । विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । उद्घाटन खेल समूह ए मा रहेका नेदरल्याण्ड र सेनेगलबीच हुनेछ । कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् ।

सर्वाधिक १३ राष्ट्र युरोपबाट छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

यी हुन् विश्वकप खेल्ने ३२ राष्ट्र

  • युरोप ( १३ राष्ट्र)

फ्रान्स ,जर्मनी, डेनमार्क, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स

  • एसिया (६)

कतार, इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अष्ट्रेलिया

  • दक्षिण अमेरिका (४)

ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर

  • अफ्रिका (५)

घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुन

  • उत्तर तथा मध्य अमेरिका (४)

क्यानडा, अमेरिका, मेक्सिको, कोस्टारिका

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको