
सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लाग्दै २००० को विन्दुबाट तल झरेको छ।
बजार आज ३६.०८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९९६.२५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४८ अंकले घटेर ३८३.५१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।
नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन अन्य समूह सर्वाधिक ३.४४ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ३.१२ प्रतिशत घट्दा बैंकिङ समूहमा ०.८९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७६ प्रतिशत, विकास बैंक समूहमा २.१८ प्रतिशत, जलविद्युत समूहमा २.७६ प्रतिशत, वित्त समूहमा २.१६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३९ प्रतिशत, लघुवित्त समूहमा १.७९ प्रतिशत, जीवन बीमा समूहमा १.९४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०२ प्रतिशत र लगानी समूहमा १.९१ प्रतिशतको गिरावट आएको छ।
यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.१८ प्रतिशत बढेको छ। त्यसैगरी, एनएमबि ५० को इकाई मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने माउन्टेन हाइड्रोको करिब ४ प्रतिशत बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर २ प्रतिशतभन्दा कम रहेको छ।
कारोबारमा आएको हिमालयन पावर पार्टनर लिमिटेडको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, बलेफी हाइड्रोपावरको शेयरमूल्य यस दिन ८.१५ प्रतिशत घटेको छ भने सगरमाथा इन्स्योरेन्स, ग्रीन भेन्चर्स र गणपति लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका ४१ लाख ४७ हजार २५५ कित्ता सेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँमा किनबेच भएका छन्। आज शिवम सिमेन्टको सर्वाधिक ४ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनसीसी बैंकको ३ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३३ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड २० लाख रुपैयाँ, उपकार लघुवित्तको २ करोड ८७ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ६० लाख रुपैयाँ, निफ्राको २ करोड ५५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ५४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ४९ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको २ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।