संसदमा एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भिर प्रश्न उठेको भन्दै उहाँको राजीनामा माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद तथा पूर्व अर्थमन्त्री पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताउनुभयो ।

उहाँले गोपनियताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भिर अपराध भएको भन्दै अर्थमन्त्री शर्मा माथि छानबिन हुनुपर्ने बताउनुभयो । सांसद पाण्डेले यस विषयमा संसदले पनि कदम चाल्नुपर्ने बताउनुभयो ।

सांसद पाण्डेले यसबारे  प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराउनुभयो । उहाँले यस विषयमा प्रधानमन्त्री देउवाले जवाफदेहिता लिनुपर्ने भन्दै संसदलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको