एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिमा सोमबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९.११ रुपैयाँको कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

जसमा ८.५ प्रतिशतले हुन आउने १ करोड ७९ लाख २ हजार ३३१.८२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशतले हुन आउने ५१ लाख ५२ हजार ७५४.३१ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको