पिपुल्स पावरले असार ८ गतेदेखि आईपीओ निष्काशन गर्दै

पिपुल्स पावर लिमिटेडले आउँदो असार ८ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा कम्पनीले अतिप्रभावित क्षेत्र इलामको इलाम नगरपालिका वडा नं. १ र वडा नं. ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र इलाम जिल्लावासीका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी गर्नेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद साउन ४ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको