सेञ्चुरी बैंकको “सेञ्चुरी डबल धमाका” मद्धती खाता संचालन

सेञ्चुरी कमर्सियल बैंक(CCBL) ले “सेञ्चुरी डबल धमाका” मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।

सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रूपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ ।

यसकासाथै यस खातामा साँवा रकमको ८०% सम्म ऋण पनि लिन सकिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।

सेञ्चुरी बैंककाे आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएम रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको