आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट

आइतबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। आइतबार पनि बिदा दिने सरकारको निर्णयविरूद्ध सोमबार रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिरपरिषदको कार्यालय, गृह मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाएर रिट दर्ता भएको हो। जेठदेखि आइतबार पनि सार्वजनिक बिदा लागु हुनेगरी वैशाख १३ गते सरकारले निर्णय गरेको थियो।

‘मन्त्रिपरिषदले आवश्यक विचारविमर्श नै नगरी हप्तामा दुई दिन बिदा दिने गरी गरिएको निर्णय देशको भौगोलिक अखण्डता, राष्ट्रियता र राष्ट्रिय सुरक्षा समेतमा खलल पुग्ने भएकाले र यस्तो महत्वपूर्ण सार्वजनिक सरोकारको विषय भई संविधानको धारा १३३(२) र (३) बमोजिम भई यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत यस्तो सार्वजनिक सरोकारको विषयसँग सम्बन्धित संवैधानिक तथा कानूनी प्रश्नको निरूपण गर्न अतिआवश्यक देखिएकाले यो निवेदन पेश गरेका छौं,’ रिट निवेदकले भनेका छन्।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको