अनलाइन लाइसेन्स आवेदन आज देखि खुल्ने

यातायात व्यवस्था विभागले दुईसाता ढिलोगरि सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको छ ।

विभागले सोमबार एक सुचना जारी गरेर आज अर्थात जेठ १६ गते बेलुकी ६ बजेदेखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्स अनलाइन आवेदन खुलाउने भएको हो ।

‘सवारीचालक अनुमति पत्रका लागि हालसम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द गरि जेठ १६ गेत बेलुृका ६ बजेदेखि नयाँ लाइसेन्स आवेदन प्रणाली सुरु हुने भएको छ’

त्यस्तै वर्ग थपको लागि भने अर्को हप्ता सोमबारबाट खुल्ला गरिने विभागले जनाएको छ ।

विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको