काठमाडौंको मतपरिणाम आज साझसम्ममा आउने भएको छ । अहिले वडा नम्बर १४ को मतगणना जारी रहेको छ।
अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजार ५ सय ९० मतसहित अग्रता कायमै राखेका छन्।
अहिलेसम्म नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८३९० मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८०४९ मतसहित पछ्याइरहेका छन्।
मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। आज साँझ मतगणना सकेर अन्तिम परिणाम औपचारिक रूपमा घोषणा गर्ने तयारी छ।