जेठ १९ गतेदेखि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका इकाइहरु बिक्री खुला

एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड’ का इकाइहरु यही जेठ १९ गतेबाट बिक्री खुला गरिने भएको छ।

कोष प्रवर्द्धक एनआईसी एशिया बैंक र योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेका यस बन्दमुखी योजनाका १० रुपैयाँ अंकित दरका कुल १० इकाइ बिक्री गरिन लागेको हो।

कुल इकाइमध्ये बीजपुँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइ एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक रुपमा बिक्री गर्नका लागिएको छ।

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार २ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको